पूर्वअरनिको यातायातले जडीबुटीमा बनाएको बसपार्क आजदेखि सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । असोज २८, पूर्वअरनिको यातायात प्रालीले काठमाण्डौको जडीबुटीमा निर्माण गरेको बसपार्क आज आइतवारदेखि सञ्चालनमा आएको छ ।

पूर्वअरनिको यातायात प्रालीले आफ्नै लगानीमा बनाएको बसपार्क काठमाण्डौ महानगरले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजदेखि सञ्चालनमा आएको हो ।

जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्राली दर्ता गरेर पूर्वअरनिको यातयात प्रालीले झन्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क बनाएको हो ।

 

प्रकाशित : 15 October, 2023

प्रतिक्रिया दिनुहोस्