सहायक मतदान अधिकृतको मृत्यु

सहयात्रा टिभी

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर–को कालिका प्रावि मतदान केन्द्र (ख) मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ । बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए ।

मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याउने क्रममा बाटोमै सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले जानकारी दिएका छन् ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्