मतदाता परिचयपत्र वितरण

सहयात्रा टिभी

पोखरा । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण शुरु गरेका छन् । परिचय वितरण बुधबार पनि जारी रहनेछ ।

कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार मतदाता शिक्षा स्वयम्सेवकले मत बदर नहोस् भनेर मतदाता शिक्षाबारेमा पनि मतदातालाई जानकारी गराएका छन् । कर्मचारीले बिहीबार हुने मतदानस्थलमा पुरुष तथा महिला मतदाताको छुट्टाछुट्टै लाम तथा अपाङ्गतायुक्त, अशक्त र ज्येष्ठ मतदातालाई सहज तरिकाले मतदान गर्ने व्यवस्था समेत गर्ने छन् ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्