चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने

सहयात्रा टिभी

काठमाण्डौं ।सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिए ।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरेका छन् ।सूचना तथा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिँदै सरकारले सबै प्रदेशमा आमसञ्चारका संयन्त्र विस्तारमा आवश्यक गृहकार्य गरिरहेको बताए ।

मन्त्री बस्नेतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउँदै सोहीअनुसार जिम्मेवार तरिकाले समाचार संकलन तथा सम्पेषण गर्न आग्रह गरे ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्