कोशीमा राप्रपाले मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

 

मुख्यमन्त्री कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बुधबार बिहान बसेको नेकपा एमाले र नेपाली कांग्रेस दलको छुट्टाछुट्टै बैठकले विश्वासको मत दिने निर्णय गरेका थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले यसअघि नै विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

 

 

प्रकाशित : 18 October, 2023

प्रतिक्रिया दिनुहोस्