आचारसंहित उल्लंघन गर्नेलाइ स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको निर्वाचनमा विभिन्न दलका नेता कार्यकर्ताले आचारसंहिता विपरितका गतिविधि गरेको भन्दै निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न जिल्लामा चुनावी प्रचारका क्रममा आचारसंहिता उलघंन भएको भन्दै निर्वाचन आयोगले केहीलाई स्पष्टिकरण समेत सोधेको छ । आयोगले विज्ञप्ति जारी गरी यस्तो गतिविधि नगर्न सबै दललाई सचेत गराएको छ । आचारसंहिता विपरितका कार्य गरेको पाईए ऐनमा भएको ब्यबस्था बमोजिमको कारवाही गर्ने आयोगले चेतावनी दिएको छ ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्