सांसद प्रेम सुवालद्धारा एक चौथाइ सरकारी बिदा कटौती गर्न माग

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले हाल रहेको सरकारी बिदामा एक चौथाइ कटौती गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । सरकारी बिदा धेरै भएको जनगुनासो सम्बोधन गर्न तत्काललाई एक चौथाइ बिदा कटौती गर्ने’ सरकार समक्ष सांसद सुवालले माग राखेका छन् ।

विकसित देशहरुमा भन्दा धेरै बिदा नेपालमा रहेको भन्दै उनले कटौतीको माग राखेका हुन् । सरकारले २ चैत २०७९ मा राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छ । जसमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती समेत समावेश छन् ।

 

 

प्रकाशित : 29 October, 2023

प्रतिक्रिया दिनुहोस्