प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन असहज भएको ओलीको पुष्टि

काठमाडौं । कात्तिक १२, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भएको बाताको क्रममा पुष्टि गरेका छन् ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र एमाले अध्यक्ष ओलीबीच आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको थियो ।
भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको पीडा नजिकबाट हेर्ने र यसलाई एझेण्डा बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताए ।
साथै उनले शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगियोस् भन्ने आफूले चाहेको सुनाएका थिए । एमाले अध्यक्ष ओलीले भने संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन नहुने बताए ।