=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने भएको छ ।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा शिक्षकको मर्यादा सम्बन्धी व्यवस्था प्रस्तावित छ ।

विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७ औं स्थानमा राखिएको छ । विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ ।

माध्यमिक तह द्धितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ ।

विश्वविद्यालयका उपप्राध्यापकको मर्यादाक्रम पनि २० औं स्थान रहने र विश्वविद्यालयका सहायक प्राध्यापकको मर्यादा क्रम २१ औं स्थानमा राख्ने गरी विधेयक अघि बढेको छ ।

प्रस्तावित विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेश गर्ने विधायन व्यवस्थापन समितिको तयारी छ ।

प्रकाशित : 30 October, 2023

प्रतिक्रिया दिनुहोस्