डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आज हुँदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आज हुँदै छ ।

भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।

उक्त पदमा नेपालका र बंगलादेश दाबेदार छन् । नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद छिन् ।

प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ तीव्र पारेको छ । डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।

यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् ।

यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन् । म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो ।

 

प्रकाशित : 1 November, 2023

प्रतिक्रिया दिनुहोस्