प्रशोधित सुपारी आयातमा अतिरिक्त कर लगाउन सरकारलाई निर्देशन

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले बाह्य मुलुकबाट नेपालमा आयात हुने सुपारीमा अतिरिक्त कर थप गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको १४ औं बैठकले यस्तो निर्णय गरेको हो । नेपाल आयात गरेर नेपाली सुपारी भन्दै पुनः भारत लगायतमा सुपारीको तस्करी भइरहेको निष्कर्षसहित समितिले नेपालमा बाह्य मुलुकको सुपारी आयात नै हुन नदिनेगरी कर लगाउन सरकारलाई भनेको हो ।

यस्तो करका बाबजुद पनि आयात हुने सुपारीबाट हुने आम्दानी नेपाली सुपारी कृषिको हकमा लगाउन समेत समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले यथास्थितिमै नेपालबाट भारत तथा तेस्रो मुलुकमा कुनै प्रकारका सुपारी निर्यात गर्नदिन नसकिने निर्णय गरेको छ ।

बैठकमा नेपालमा उत्पादन हुने कच्चा सुपारी कच्चा अवस्थामै निर्यातको अनुमति दिनेबारे छलफल गरे पनि अध्ययन र अनुगमनविना निर्यातको कुनै निर्णय नगर्ने समझदारी गरेको हो ।

 

प्रकाशित : 1 November, 2023

प्रतिक्रिया दिनुहोस्