सरकारले राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा

काठमाडौं । कात्तिक १६, सरकारले राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ ।
निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।
बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा गरेको सिफारिसअनुसार दुई जना सचिवमा बढुवा भएका हुन् ।
प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् ।
उनीसँगै कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको थियो ।