भावी प्रधानसेनापति पाण्डेको जन्ममिति ढड्डामै केरमेट गरी घटाएको फेला

काठमाडौं । कात्तिक १६, नेपाली सेनाको जंगीअड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि सार्न खोजेका उपरथी ताराध्वज पाण्डेको ‘मार्क रजिस्टर’मै केरमेट गरेको फेला परेको छ ।
परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर पाण्डेको जन्ममिति झण्डै दुई वर्ष घटाएको फेला परेको हो ।
तर, पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको छ । उनको जन्ममिति सच्याइएको व्यहोरा मार्क रजिष्टरको माथिल्लो भागमा पनि उल्लेख छ ।