हप्ताको पहिलो दिन आज पनि नेप्से ओरालो लाग्यो
सहयात्रा टिभी
काठमाडौँ । कातिक १९, हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से आज पनि ओरालो लागेको छ ।
आइतवार २१ दशमलव ४६ अङ्कले घटेर एक हजार आठ सय २६ दशमलव २३ विन्दुमा झरेको छ ।
सबैभन्दा धेरै हिमालय लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको शेयर सात प्रतिशतले बढेको छ । आज ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् ।