उम्मेदवारद्वारा पत्रकार पासवानलाई धम्की

सहयात्रा टिभी

राजविराज । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एक जना उम्मेद्वारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् ।
वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेद्वार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको पीडित पत्रकार पासवानले बताएका छन् । सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ ।

एमालेका स्थायी समिति सदस्य एवं २ नम्बर प्रदेश संयोजक समेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनाव लगत्तै ठीक पारिदिने भन्दै धम्की दिनुभयो’–पासवानले भने–‘आफूले मण्डलसहित जिल्लाका सबै उम्मेद्वारको विश्लेषण गरी समाचार लेखेकै कारण उहाँले धम्की दिनुभएको छ ।’

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्