पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
सहयात्रा टिभी
काठमाडौं । कातिक २१, नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आउँदो तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भू–भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि कात्तिक २२ गते बुधवार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।