शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । कातिक २१, शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ ।
हिजो २१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज समग्रमा बजार बढेको दिन स्वावलम्बन लघुवित्तको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ ।
आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ । आज ४३ लाख ३१ हजार कित्ता शेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् ।