उत्साहजनक रूपमा मतदान सम्पन्न : आयोग

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा दिउँसो २ बजेसम्म करीब ५० प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवम् उत्साहजनक रूपमा मतदान भइरहेको छ । सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसै गरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाण्डौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

प्रकाशित : 7 December, 2017

प्रतिक्रिया दिनुहोस्