मुगु सामूहिक हत्या घटनामा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्दै

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४, मुगुमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्या आरोपमा दुई जनालाई प्रकाउ गरेका हो ।

उक्त घटना घटेको १३ दिनपछि हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रेसलाई जानकारी दिए । घटनाका आरोपीलाई शुक्रबार दिउँसो २ बजे सार्वजनिक गर्ने महानिरीक्षक ढकालले बताए ।

कात्तिक १० गते छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा रहर मृत अवस्थामा भेटिएका थिए ।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको थियो । हत्या गरेपछि घरमा ताला लगाएर आरोपी भागेका प्रहरीको भनाइ थियो । घटना घटेको दुई दिनपछि छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित : 10 November, 2023

प्रतिक्रिया दिनुहोस्