तीन वटै क्षेत्रमा मतगणना

सहयात्रा टिभी

ललितपुर । जिल्लाका तीनै वटा क्षेत्रको मतगणना शुरु भएको छ । क्षेत्र नं १ को बिहान ११ बजे मतगणना शुरु भएको छ । क्षेत्र नं २ र ३ मा रातिबाटै मतगणना शुरु भएको छ ।

क्षेत्र नं २ मा नेकपा (एमाले) र क्षेत्र नं ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका मदनबहादुर अमात्यले छ हजार २४३ मत पाएका छन्, भने नेकपा (माओवादी) केन्द्रकी पम्फा भुषालले पाँच हजार ५२२ मत पाएकी छन् । नयाँ शक्ति पार्टीका विनोद महर्जनले १५७ मत पाएका छन् ।

क्षेत्र नं २ मा १४ हजार ३३३ मत गनिसक्दा एमालेका कृष्णलाल महर्जनले आठ हजार ९८३ मत पाएका छन् । नेपाली कांग्रेसका चन्द्र महर्जनले पाँच हजार ८२८ मत पाएका छन् । क्षेत्र नं ३ (क) मा माओवादी केन्द्रका राजकाजी महर्जनले दुई हजार पाँच मत पाएका छन् । नेपाली कांग्रेसका नवराज महतले एक हजार ३१६ मत पाएका छन् । प्रदेशसभा ३ (ख) मा नेकपा एमालेका जीवन खड्काले ५२३ मत पाएका छन्, भने नेपाली कांग्रेसका शिवराम बानियाँले पाँच सय ९५ मत पाएका छन् ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्