प्रधानमन्त्री प्रचण्डद्धारा अर्थतन्त्र दबाबमुक्त नरहेको प्रति आशंका

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ५, प्रधानमन्त्री प्रचण्डद्धारा अर्थतन्त्र दबाबमुक्त नरहेकोप्रति आशंका व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही सूचक सकारात्मक भएपनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था नरहेको जानकारी दिनुभएको छ ।

अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिनसक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताए ।

अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए ।

तर यसलाई देखाएर एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनले बताए ।

‘अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरु, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरु समस्या समाधान गर्न एकठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।’

सहकारी, लघुवित्त क्षेत्रमा देखिएको संकट समाधानको उपाय खोज्नुपर्ने उनले बताए ।

प्रकाशित : 21 November, 2023

प्रतिक्रिया दिनुहोस्