निक्षेपको ब्याजदर घटाए पनि नेप्सेमा उच्च गिरावट

काठमाडौँ । मंसिर ५, मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरुले कात्तिकको तुलनामा निक्षेपको ब्याजदर घटाए ।
निक्षेपको ब्याजदर घट्दा तिहारपछि खुल्ने सेयर बजारले बढोत्तरीको लय समात्ने धेरैको अनुमान थियो । सामान्यतः ब्याजदर घट्दा सेयर बजार बढ्ने सिद्धान्त छ । तर, तिहारलगत्तै खुलेको बजार सोमबार जम्मा १ अंक मात्रै बढेकोमा मंगलबार भने सेयर बजार उच्च अंकले घटेको छ ।
मंगलबार एकै दिन सेयर बजार २३.८२ अंकले घटेर १८२९ विन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । सोमबार १ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ९५ करोड ४ लाखमा सीमित भयो ।