प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति बीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

बुधबार बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण समेत गराएका थिए ।

 

 

 

प्रकाशित : 22 November, 2023

प्रतिक्रिया दिनुहोस्