चाँदीको मूल्य स्थिर सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १६ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको थियो । मंगलबार एक लाख १६ हजार २ सय रुपैयाँमा छापावाल सुन र एक लाख १५ हजार ६५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

चाँदीको प्रतितोला मूल्य भने १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।

 

 

 

प्रकाशित : 22 November, 2023

प्रतिक्रिया दिनुहोस्