राजनलाई पछ्याउँदै गगन

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार राजन भट्टराईले शुरुवाती अग्रता लिएका छन् ।

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेद्वार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् । दुई युवा नेताका कारण काठमाण्डौं क्षेत्र नम्बर–४ को मत परिणामलाई धेरैले चासो दिइरहेका छन् ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्