नेप्से झन्डै १० अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, शेयर बजार आज बिहीवार पनि बढेको छ ।

हिजो बुधवार २० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, माइक्रोफाइनान्स र अन्यबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । आज ४४ लाख २० हजार कित्ता शेयर एक अर्ब ३४ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : 23 November, 2023

प्रतिक्रिया दिनुहोस्