अमेरिकामा खालिस्तानी नेताको हत्या प्रयास सुरक्षा अधिकारीद्धारा विफल

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, एजेन्सी : अमेरिकामा खालिस्तानी नेताको हत्या प्रयास सुरक्षा अधिकारीद्धारा विफल बनाएका छन् ।

फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा खालिस्तानी नेता गुरुपतावन्त पनुनको हत्या प्रयास भएको थियो ।

फाइनान्सियल टाइम्ससँगको कुराकानी आफ्नो हत्याबारे अमेरिकी सुरक्षा अधिकारीले पूर्व सूचना दिएको सम्बन्धमा उनले बोल्न भने चाहेनन् ।

तर, पनुनले भनेका छन्-‘भारतले परिचालन गरेको संयन्त्रबाट अमेरिकी भूमीमा मेरो जीवनमाथि खतरा आइपरेको छ । म चाहन्छु यस विषयमा अमेरिकी सरकार नै थप बोलोस् र उचित कदम चालोस्।’

पनुनको हत्या प्रयासपछि अमेरिकाले भारत सरकारलाई कूटनीतिक नोट पठाउनुका साथै संदिग्ध एक व्यक्तिमाथि न्युयोर्कस्थित अदालतमा मुद्दा समेत चलाएको छ ।

अमेरिकाको राजकीय भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध खालिस्तान समर्थकहरुले प्रदर्शन गरेका थिए ।

हत्या भएमा भारतविरुद्धको प्रदर्शन झन बढ्ने आँकलनले पछि हटेको वा अमेरिकी सुरक्षा संयन्त्र एफबीआईको सतर्कताका कारण घटना टरेको भन्ने कुरा अझै खुल्न बाँकी रहको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

दुइ महिनाअघि क्यानेडामा खालिस्तानी नेता हरदीप सिंह नैज्जरको हत्या भएको थियो । क्यानेडा सरकारले यसमा भारतको हात रहेको आरोप लगाउँदा दुइ मुलुकबीच कुटनीतिक तिक्तता अझै पनि जारी छ ।

 

प्रकाशित : 24 November, 2023

प्रतिक्रिया दिनुहोस्