बैतडीको पाटनमा ग्लोबल आईएमई बैंकको ३५१औँ शाखा

काठमाडौं । मंसिर ११, ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका-६ मा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
पाटन नगरपालिकाका मेयर गौरी सिंह रावलले एक समारोहबीच हिजो आइतवार बैंकको पाटन शाखाको उद्घाटन गर्नुभएको हो ।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको सङ्ख्या ३ सय ५१ पुगेको छ । ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।