नेप्सेमा आज पनि गिरावट आयो
सहयात्रा टिभी
काठमाडौँ । मंसिर १२, शेयर बजार आज मङ्गलवार पनि गिरावट आएको छ ।
शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएकोमा मंगलबार १ अर्ब २८ करोडमा खुम्चियो । कुल १०२ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ११ को स्थिर रह्यो ।
आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ ।
आज ४७ लाख २७ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् ।