एनसेलबाट बाहिरिने आजियाटा बर्हार्डको निर्णय

सहयात्रा टिभी

काठमाडौं । मंसिर १३, मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

हाल एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत सेयर छ ।

एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलको सेयर ७ वर्ष अगाडि अजिएटाले किनेको थियो । अजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।

प्रकाशित : 29 November, 2023

प्रतिक्रिया दिनुहोस्