धनुषा क्षेत्र नं ३ (क) मा काँग्रेस विजयी

सहयात्रा टिभी

धनुषा । प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क) बाट नेपाली कांगे्रसका उम्मेद्वार रामसरोज यादव विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले १५ हजार ६८५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेद्वार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्