सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा
सहयात्रा टिभी
काठमाडौँ । मंसिर १८, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।
सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ ।