देउवाले नेतृत्व नछाडे, हस्तक्षेप गर्ने गगनको चेतावनी
सहयात्रा टिभी
काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले शेरबहादुर देउवालाई स्वेच्छाले पार्टी सभापतिबाट विश्राम लिन र केन्द्रीय सदस्य मात्रै भएर बस्न आग्रह गरेका छन् । स्वेच्छाले जिम्मेवारी त्याग नगरे साथीहरुसँग मिलेर पार्टीभित्र हस्तक्षेप गरिने थापाले चेतावनी दिएका छन् ।
उनले अब शेरबहादुर देउवाहरुको सक्रिय राजनीतिको समय सकिएको बताएका छन् । उनले भने–‘ शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुले नै पार्टी चलाउनु पर्छ भनेर बसिरहने हो भने हामी काँहीं पनि पुग्दैनौं ।’
युवा नेता थापाले तत्कालै नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउन समेत माग गरे । चुनावको मतपरिणाम आउना साथ शीर्ष नेतृत्व आफै जिम्मेवारी त्याग गरेर अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने थापाले बताएका छन् ।