केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नीतिगत सुधार नभए नेपाल ग्रे लिष्टमा पर्ने एफएटीएफद्धारा चेतावनी

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २२, सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वव्यापी रुपमा अनुगमन गर्ने संस्था फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले आफूले सुझाव दिएका आधारभूत पक्षमा सुधार नगरे नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय जोखिमयुक्त मुलुक (ग्रे लिष्ट)मा पर्ने चेतावनी दिएको छ ।

एफएटीएफले गत महिना ९९ नोभेम्बर २०२३० मा नेपाललाई पत्र पठाई विद्यमान कानुनमा सुधार, सम्पत्ति शुद्धीकरण र ठूला आर्थिक अपराधमा जोडिएकाहरुमाथि कारवाही लगायतका काम नगरे नेपाल ग्रे लिष्टमा पर्ने चेतावनीसहितको पत्र दिएको हो ।

‘एफएटीएफले यसअघि नै प्राथमिकतायुक्त सुझावलाई तत्काल अघि नबढाए नेपाल ग्रे लिष्टमा पर्ने जोखिम टर्नेछैन भनेर पटकपटक चेतावनी दिएको थियो’, नेपाल राष्ट्रबैंक स्रोतले भन्यो, ‘यसपटक उसले पत्र नै पठाएर हामीले यसअघि नै प्राथमिकताका साथ दिएको सुझाव कार्यान्वयन नभए २०२४ को अक्टोबर (२०८१ असोज/कात्तिक)देखि नेपाल ग्रे लिष्टमा पर्छ भन्ने चेतावनी दोहो¥याएको हो ।’

फ्रान्सको पेरिसमा भएको प्लेनरी बैठकपछि एफएटीएफले नेपाललाई पत्र पठाएको हो । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पठाएको पत्र सरोकारवाला निकायका उच्चपदस्थ अधिकारीसमक्ष पुगिसकेको छ ।

एफएटीएफले पत्राचार गरेपछि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कानुन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय लगायतका सरोकारवाला निकायहरुको उच्चपदस्थ अधिकारीहरुको पटकपटक बैठक बसिसकेको छ ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता कोशलचन्द्र सुवेदीले पत्राचार भएको पुष्टि गरे ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रुपले अपराधजन्य क्रियाकलापबाट आर्जन हुने धनमाथिको निगरानी र कानुनी उपचार प्रभावकारी नभएको भन्दै विभिन्न १० वटा क्षेत्रमा सम्बोधन गर्नुपर्ने सुझाव दिएको थियो ।

उसले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी संशोधन विधेयकलाई उच्च प्राथमिकतामा राखेको छ ।

गत असारमा क्यानडाको भ्यानकुभर शहरमा फाइनान्सियल एक्सन टास्क फोर्स अन्तर्गत एसिया प्रशान्त क्षेत्र हेर्ने समूह (एपीजी) को बैठक बसेको थियो । बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधको मामिलामा निगरानीमा राख्ने निर्णय गरेको थियो ।

 

प्रकाशित : 8 December, 2023

प्रतिक्रिया दिनुहोस्