सल्यानमा वाम गठबन्धनको जीत

सहयात्रा टिभी

सल्यान । सल्यानमा वाम गठबन्धनका सबै उम्मेद्वार विजयी भएका छन् । गठबन्धनका उम्म्द्वारले प्रतिष्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका टेकबहादुर बस्नेत ४० हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका छन् । हाल बिना विभागीयमन्त्री समेत रहेका बस्नेतले ह्याट्रिक गरेका छन् ।

यस्तै प्रदेश (क) बाट नेकपा (एमाले) का उम्मेद्वार गुलावजंग शाह १९ हजार ६५८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका एकराज डिसीले १० हजार ६१२ मत प्राप्त गरेका छन् । प्रदेश (ख) बाट एमालेकै पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज रेग्मी थिए ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्