काभ्रेको प्रदेशसभामा एमालेका लामा र लम्साल विजयी

सहयात्रा टिभी

काभ्रे । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) बाट वाम गठबन्धनको नेकपा (एमाले) का चन्द्र लामा विजयी भएका छन् ।

उनले लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गरेका हुन् । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर विजयी हुँदा कांग्रेसका लामाले २० हजार २७० मत प्राप्त गरेका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को (क) मा वाम गठबन्धनका एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् ।

उनले लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ फराकिलो मतान्तरले पराजित गरेका छन् । लम्सालले २७ हजार ६२१ मत प्राप्त गरेर विजयी हुँदा आर्चायले १६ हजार ५८९ मत प्राप्त गरेका छन् । यसअघि प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) मा पनि वाम गठबन्धनको माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी भएका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्