यू–१९ एसिया कप खेलमा भारतसँग टस हारेको नेपाललाई ब्याटिङको निम्तो
सहयात्रा टिभी
काठमाडौँ । मंसिर २६, यू–१९ एसिया कप क्रिकेटको समूह एको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।
दुबईस्थित आइसीसी क्रिकेट ओभल २ मा भारतका कप्तान उदे सरनले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।
आजको खेलमा नेपालको तर्फबाट दुई परिवर्तन भएको छ । आकाश त्रिपाठी र विपिन रावलको स्थानमा दिपक प्रसाद डुम्रे र दिपक बोहोरा टिममा छन् ।
यसअघि भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो भने अफगानस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।
नेपाल भने पाकिस्तान र अफगानस्तान दुवैसँग पराजित भएको थियो । नेपाल पाकिस्तानसँग ७ विकेटले तथा अफगानस्तानसँग ७३ रनले पराजित भएको हो ।