हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको दबाब
काठमाडौँ । मंसिर २६, प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको दबाब बढेको छ ।
विश्वविद्यालयमा यहुदी विरोधी भावना बढ्दै गएको भन्दै संसदीय समितिले सोधपुछमा बोलाएसँगै उनीमाथि राजीनामाको दबाब बढेको हो ।
यहुदीमाथि नरसंहारको माग गर्ने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको विषयमा उनीमाथि सोधपुछ गरिएको थियो ।
त्यस्तो अभिव्यक्ति दिने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको भन्दै उनलाई माफी मगाइएको थियो ।
संसदीय समितिमा सोधपुछका क्रममा उनलाई रिपब्लिकन सांसद एलिस स्ट्फेनिकले सोधेकी थिइन्-‘यहुदीहरु माथि नरसंहार हुनुपर्ने आवाज हावर्डको बदमासी र उत्पीडनविरुद्धको आचारसंहिता विपरीत हो वा होइन ?’
यसको जवाफमा अध्यक्ष गेले भनेकी थिइन्, ‘यो कुरा सन्दर्भमा भरपर्छ ।’
यही कारणले गर्दा सिनेटका ७० जना सांसदले उनको राजीनामा माग गरेका छन् । तर अध्यक्षको समर्थनमा पनि र्याली निकालिएको छ । विश्विद्यालय प्रशासन तथा बहुसंख्यक विद्यार्थी अध्यक्षको पक्षमा रहेका छन् ।
यता गेले भने शब्दका कारण सिर्जित संकटले पछुतो मात्रै हुने भन्दै माफी मागेकी छिन् । ‘म माफी माग्न चाहन्छु । शब्दका कारण सिर्जित दुस्ख वा संकटले पछुतो मात्रै निम्त्याउने रहेछ’, उनले भनेकी छिन् ।
उनी विश्वविद्यालयको अध्यक्षमा कायमै रहने वा नहरने भन्ने निर्णय भने १३ सदस्यीय हावर्ड संस्थानले गर्नेछ ।
सिनेटमा उनको राजीनामा माग भएसँगै विश्वविद्यालयका विभिन्न संकायका सदस्यले उनको समर्थनमा हस्ताक्षर गरेका छन् ।
राजनीतिक कारणले गर्दा उनको बहिर्गमन हुन नहुने र हावर्डमा शैक्षिक स्वतन्त्रता काय हुनुपर्ने माग उनीहरुको छ ।