हलिउड फिल्म ‘आइस रोड २’ले माग्यो दुईथरी नेपाली कलाकार

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २६, चर्चित लियान निसन स्टारर प्रतीक्षित हलिउड फिल्म ‘आइस रोड २’  ले नेपाली दुईथरी नेपाली कलाकारका लागि आवेदन मागेको छ ।

उक्त फिल्मको कास्टिङ हेरिरहेको कम्पनी स्टार नाउले कलाकार मागेको हो । यो फिल्मका लागि दुईथरी नेपाली कलाकार मागिएको छ ।

पहिलोमा- अभिनेता निसनकै छालाको रङसँग मिल्दोजुल्दो र उचाइ ६.४ हाराहारीमा भएको पुरुष कलाकार हुनुपर्ने । उमेर ३० देखि ५५ वर्षसम्मको हुनुपर्ने उल्लेख छ । जनवरी १६ देखि मार्च १ सम्म यी कलाकारको सुटिङ हुने उल्लेख छ ।

दोस्रोमा- २० देखि ७० वर्षसम्मका जुनसुकै लिंगको भएपनि ब्याकग्राउण्ड कलाकार मागिएको छ । पाँच दिन हुने छायांकनमा १०७९.४० अष्ट्रेलियन डलर (२१५.८८ एयुडी प्रतिदिन) पारिश्रमिक तोकिएको छ ।

यो फिल्मको समग्र छायांकन भने नेपाल र अष्ट्रेलियामा हुने जनाइएको छ । तर, फिल्मको कथावस्तुको सेटिङ चाहिँ नेपालको कोदारी राजमार्गलाई बनाइएको छ ।

आंशिक छायांकन नेपालमा हुने भनिएपनि अधिकांश छायांकन अष्ट्रेलियाको भिक्टोरियाको वाल्हल्लामा हुने भएको छ । नेपालको कोदारी राजमार्गजस्तै देखिने भूगोलको सेटमा फिल्म त्यहाँ खिचिने उल्लेख छ ।

जनवरी १५ देखि फेब्रुअरी मध्यसम्म फिल्मलाई नेपालमा समेत सुटिङ गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो फिल्ममा ७१ वर्षिय अभिनेता शीर्ष भूमिका निर्वाह गर्दैछन् ।

 

प्रकाशित : 12 December, 2023

प्रतिक्रिया दिनुहोस्