सरकारबाट नेपाली कांग्रेस पनि आजित भएको ओलीको दाबी

काठमाडौँ । मंसिर २८, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि आजित भएको दाबी गरेका छन् ।
बिहीवार महाकाली–मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर ।’ सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको उनको भनाइ छ ।
देश दिनदिनै ओरालो लागेको भन्दै उनले देशको यो अवस्थाबाट सबैमा चिन्तित भएको बताए । देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने पनि उनले बताए ।