६ अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८, बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंकको  वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ ।

कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

 

प्रकाशित : 14 December, 2023

प्रतिक्रिया दिनुहोस्