गाउँको विकासमा निजी खर्च

सहयात्रा टिभी

मोरङ । न उहाँ कुनै निकायको उम्मेद्वार न त कुनै उच्चस्तरको सरकारी कर्मचारी हुन्, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ (हाल उर्लाबारी–९) का सुन्दर श्रेष्ठ आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहेका छन् ।

सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माणमा समेत उनको सहयोग छ । श्रेष्ठको यो सेवाले चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुलाई नतमस्तक बनाई दिएको छ । स्थानीय कला र संस्कृतिको विकासका लागि पनि सहयोग पु¥याएका समाजसेवी श्रेष्ठले अब विद्यार्थीका लागि छात्रवृत्ति स्थापना गर्ने सोचाइ रहेको बताए ।

उनकै एकल लगानीमा खेत भित्रभित्र बाटो बनेपछि स्थानीय काजी लिम्बू भन्छन्–‘घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लैजानु पर्ने समस्या अब छैन, गाडी आँगनमै आइपुग्छ ।’

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्