टेलिसेन्टरको सेवा निष्प्रभावी

सहयात्रा टिभी

बारा । बारा जिल्ला हुलाक कार्यालयले सर्वसाधारणलाई सूचना प्रविधिमा पहुँच पु¥याउने उद्देश्यले जिल्लाको तीन ठाउँमा सञ्चालन गरेको टेलिसेन्टर सेवा निष्प्रभावी देखिएको छ ।

कार्यालयका प्रमुख अदालतप्रसाद कुर्मीका अनुसार आवश्यक कर्मचारीसहित सिमरा, निजगढ र अमलेखगञ्ज गरी तीन ठाउँमा टेलिसेन्टर सञ्चालनका लागि फोटोकपी, फ्याक्स, कम्प्युटर, प्रिन्टर, टेलिफोन, इन्टरनेटको व्यवस्था गरिएकोमा नगन्य संख्यामा सेवाग्राही सेवा लिन आउने गरेकाले सो सेन्टर प्रभावकारी हुन नसकेको हो ।

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्