आज नेप्सेमा हरियाली छायो

सहयात्रा टिभी

काठमाडौँ । पुस २, शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेर आज नेप्सेमा हरियाली छाएको छ । आज छ महिनायताकै उच्च कारोबार भएको छ ।

पछिल्ला केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अङ्कले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयरमा हरियाली छाएको छ ।

आज दुई करोड १४ लाख कित्ता शेयर छ अर्ब ८६ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : 18 December, 2023

प्रतिक्रिया दिनुहोस्