सुनको मूल्यमा बृद्धि

सहयात्रा टिभी

काठमाडौं । पुस ३, मंगलबार सुनको मूल्यमा बृद्धि भएको र चाँदीको मूल्य घटेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १८ हजार, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० र चाँदीको मूल्य एक हजार ४५० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १७ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

 

 

प्रकाशित : 19 December, 2023

प्रतिक्रिया दिनुहोस्