नेप्से बढेर २१ सय अंक नाघ्यो
सहयात्रा टिभी
काठमाडौं । पुस ३, मंगलबार सेयर बजारको परिसूचक नेप्से बढेर २१ सय अंक नाघेको छ । साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो ।
अघिल्लो दिनको तुलनामा नेप्से ४५.९८ अंक बढेर २१०६ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भयो ।
यस दिन होटल तथा पर्यटन र उत्पादनमूलक क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखियो । यस दिन ११ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।