भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

धनगढी । पुस ५, सुदूरपश्चिमको गौरिफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरिफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरूमा भने कोरोना परीक्षण गरिएको छैन।

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्