उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका यात्रुले खोले

सहयात्रा टिभी

काठमाडौं । पुस ५, पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।

विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले यात्रुले झुक्किएर ढोका खेलिएको बताइन् । मैले उहाँ(म्याग्दीका भीम परियार) लाई पनि सोधे । उहाँले झुक्किएर खुट्टाले खुल्न गएको भनेर भन्नुभयो,’ उनले भनिन्, उहाँलाई के गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।’

ग्राउन्डमै उड्ने क्रममा ढोका खुलेको र बुद्ध एयरसँगको छलफलपछि विमान उडान सुरु हुने प्रवक्ता रेग्मीले सुनाइन् ।

 

 

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्