आज दोहोरो अङ्कले घट्यो नेप्से

सहयात्रा टिभी

काठमाडौं । पुस ५, लगातार सात दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा झरेको छ ।

आज व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

समग्रमा बजार घटे पनि १० वटा कम्पनीको शेयर भने बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर झन्डै आठ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।

बजारसँगै आज कारोबार रकममा पनि कमी आएको छ ।

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्