समानुपातिकमा नेकपा एमाले अगाडि
इलाम । समानुपातिक मतमा इलाममा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवैतर्फ एमालेले बढी मत पाएको छ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा १० हजार ९१३ मतगणना भइसक्दा एमालेले पाँच हजार ४५४ मत, नेपाली कांग्रेसले दुई हजार ९५८ मत र नेकपा माओवादी केन्द्रले ७४१ मत पाएको छ । प्रदेशसभा—२ (क) मा एमालेले एक हजार ८५६ मत, कांग्रेसले एक हजार २१२ मत र माओवादी केन्द्रले २०५ मत पाएका छन् । संघीय समाजवादी फोरम नेपालको ३३०, राप्रपा (गाई) को १९३, र कुखुराको भाले चिन्हमा १६५ छ । अन्य दलको ५० भन्दा नै तल मत आएको छ भने केही दलले एकै मत पनि प्राप्त गरेका छैनन् ।
त्यसैगरी, प्रदेशसभा २ (ख) मा एमालेले तीन हजार २६९ मत, कांग्रेसले एक हजार ५१८ मत र माओवादी केन्द्रले ५८६ मत पाएको निर्वाचन अधिकृत फणिन्द्र भट्टराईले जानकारी दिए । प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा १० हजार २१२ मत गणना भइसक्दा एमालेले चार हजार ८१९ मत, कांग्रेसले तीन हजार ४८१ र माओवादी केन्द्रले ६५३ मत प्राप्त गरेको छ । प्रदेशसभा २ (क) मा एमालेले दुई हजार २८१ मत, काँग्रेसले एक हजार ९६३ र माओवादी केन्द्रले २८६ मत प्राप्त गरेको छ ।
प्रदेशसभा २ (ख) मा एमालेले दुई हजार १६३ मत, कांग्रेसले एक हजार ३१६ र माओवादी केन्द्रले ५२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत जगदिश्वर भट्टराईले जानकारी दिए । भोलि बेलुकीसम्ममा सबै क्षेत्रको मतगणना सम्पन्न गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाममा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले सबै स्थान जितेको छ ।